दफा १६
तस्विर खिच्न वा बिक्री गर्न नहुने
(१) कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीविना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्विरसँग अरु कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्विरको केही अंश अर्को व्यक्तिको तस्विरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै सार्वजनिक ठाउँ वा कुनै व्यक्तिको तस्वीर खिच्दा त्यस्तो ठाउँमा रहेको अन्य कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएकोमा त्यसलाई कसूर मानिने छैन।
तर त्यसरी खिचिन गएको तस्वीर समेत उपदफा (१) विपरीत प्रयोग गर्न पाइने छैन।
(३) कसैले कुनै पनि व्यक्तिलाई सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्विरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले निजको मञ्जुरी नलिई निजको तस्विर प्रकाशन, प्रचार प्रसार, खरिद बिक्री वा सार्वजनिक गर्न वा गराउन हुँदैन।